घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

घट्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेको हो ।

अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ५७ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजका लागि चाँदीको भाउ पनि ३० रुपैयाँ सस्तिएको छ । गत शुक्रबार १ हजार ८९० रुपैयाँमा किनबेच भएको थियो । तर, आज घटेर १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Recent Comments

No comments to show.