काठमाडौं । बलेफी हाइड्रोपावरले झण्डै १८ लाख कित्ता सेयर लिलामीमा ल्याउने भएको छ ।
कम्पनीले मंसिर २७ देखि पुस १७ गतेसम्म १०० प्रतिशत अर्थात् १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्रीमा लयाएको थियो । सोमध्ये बिक्री हुन नसकेको १७ लाख ९८ हजार ६५६ कित्ता हकप्रद सेयर अब लिलामी मार्फत बिक्री गर्ने भएको हो ।
कम्पनीले बिक्रीमा ल्याएको मध्ये १ करोड ६४ लाख ८१ हजार ४४ कित्ता मात्रै हकप्रद सेयर बिक्री भएको थियो ।
प्रतिक्रिया