लक्ष्मी सनराइज बैंकको साधरण सभा सम्पन्न, लाभांश पारित

लक्ष्मी सनराइज बैंकको साधरण सभा सम्पन्न, लाभांश पारित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा बुधबार काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको ५ प्रतिशत बोनस सेयर लाभांश पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

व २०८०/८१ सम्म बैंकले ३३३ अर्ब निक्षेप संकलन गरी २५८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा बैंकको वासलातको आकार ३९५ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको थियो ।

Recent Comments

No comments to show.