सेयर बजार लगातार उकालो यात्रामा, लगानीकर्ताको रोजाइमा पुनर्बीमा

सेयर बजार लगातार उकालो यात्रामा, लगानीकर्ताको रोजाइमा पुनर्बीमा

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा लगातार हरियाली छाएको छ । योसाता आइतबारदेखि लगातार दोहोरो अंकले बढेको बजारमा आज पनि ९ अंकको वृद्धि देखिएको छ । अनलाइन प्रणालीबाटै भएको कारोबारमा आज पनि झन्डै २ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ९.३४ अंकले बढेर १४४०.९४ बिन्दुमा पुगेको छ । यसदिन १८९ कम्पनीको १ अर्ब ८५ करोड ५१लाख ८० हजार ५१० रुपैयाँ बराबरको कारोबार भएको छ । ३९ लाख ४० हजार ६९१ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ३ समूहको परिसूचक ओरालो लागेका छन् । आज जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १५१.७३ अंकले बढेको छ ।

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको आज सबैभन्दा धेरै २८ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेको रसूर्य लाइफ इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

आज कारोबारमा शीर्ष स्थानमा रहेको पुनर्बीमा कम्पनीका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । यसको सेयर मूल्य सबैभन्दा धेरै ७.६९ प्रतिशतले बढेको छ ।

आज समृद्धि फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

Recent Comments

No comments to show.