सवारी साधनबाट जाम शुल्क लिन सुरू, निगरानी गर्न १४०० क्यामेरा जडान

सवारी साधनबाट जाम शुल्क लिन सुरू, निगरानी गर्न १४०० क्यामेरा जडान

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । अमेरिकाको न्यूयोर्क सहरमा सवारी साधनहरुबाट जाम शुल्क लिन थालिएको छ । मेट्रोपोलिटन ट्रान्जिट अथोरिटीले सवारी साधनले सडकमा भीडभाड गरेकाेमा जाम गरेको शुल्क लिन थालेको हो ।

आइतबार मध्यरातिदेखि जाम शुल्क लागू गरिएको हो । यससँगै अब तोकिएका ठाउँहरूमा प्रवेश गर्ने सवारीसाधनले निश्चित शुल्क तिर्नुपर्नेछ । जाम शुल्क भने सवारी साधन अनुसार फरक फरक तोकिएको छ ।

दिनको भिडभाड बढी हुने समयमा तोकिएका क्षेत्रमा प्रवेश गर्ने यात्रु र साना कमर्शियल सवारी साधनले दैनिक ९ डलर तिर्नु पर्नेछ । रातिको समयमा भने २.२५ डलर तिर्नुपर्नेछ । त्यस्तै, मोटरसाइक्लले दिउँसो ४.५ डलर र रातिमा १.०५ डलर जाक शुल्क तिर्नुपर्नेछ ।

त्यसैगरी, साना ट्रक र गैर–यात्रुबाहक बसले दिनमा १४.४० डलर र रातमा ३.६० डलर, ठूला ट्रक र पर्यटक बोक्ने बसको शुल्क २१.६० डलरसम्म शुल्क तोकिएको छ ।

भिडभाड गर्न नहुने क्षेत्रमा सेन्ट्रल पार्कको दक्षिण, टाइम स्क्वायर र वाल स्ट्रिट आसपासको वित्तीय क्षेत्र रहेका छन् । यस योजना अन्तर्गत सवारी साधनको निगरानी गर्न ४०० लेनमा १ हजार ४०० भन्दा धेरै क्यामरा राखिएका छन् ।

न्यूयोर्क विश्वमै धेरै जाम हुने मध्येको एक सहर हो । सरकारले जाम शुल्कबाट अर्बौं डलर संकलन गर्ने लक्ष्य राखेको छ । न्यूयोर्ककी गभर्नर क्याथी होचुलले दुई वर्ष अघि नै यो शुल्कको घोषणा गरेकी थिइन् । तर केही यात्री र व्यवसायहरूले गुनासो गरेपछि यसको कार्यान्वयनमा ढिलाइ गरेर केही संशोधन गरिएको थियो ।

राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले भने यस योजनाको विरोध गरेका थिए । एजेन्सी

Recent Comments

No comments to show.