सेनिटरी प्याडमा लुकाएर सुन तस्करी, ३ जना पक्राउ

सेनिटरी प्याडमा लुकाएर सुन तस्करी, ३ जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यूएईको दुवईबाट अवैध रुपमा ल्याइएको आधा किलो सुन लुटिएको छ । पुस १४ गते दिउँसो साढे २ बजे फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएकी एक महिलाले अवैध रुपमा ल्याएको ४३६.१० ग्राम सुन लुटिएको हो ।

ती महिलाले अवैध रुपमा ल्याएको सुन लुटिएको खबर प्रहरीले पाएको थियो । सोही अनुसार अनुसन्धानको क्रममा ३ जना पक्राउ परेका हुन् ।

प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिका–६ बस्ने २२ वर्षीया लालबहादुर तामाङलाई सुन तस्करीको आरोपमा पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेका ३ जनाबारे अनुसन्धान गर्दा महिलाले लगाउने सेनिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको हो । दुवईमा सुनलाई गालेर सेनेटरी प्याडमा लेपन गरी ती महिलाले लगाएर आएको खुलेको हो । लुटेराहरूबाट प्रहरीले ३ थान मोबाइल र मोटरसाइकल समेत बरामद गरेको छ ।

Recent Comments

No comments to show.