पत्रकार श्यामसुन्दर पुडासैनीको अल्पायुमै निधन

पत्रकार श्यामसुन्दर पुडासैनीको अल्पायुमै निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनी निधन भएको छ । गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 

हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएको केही समयमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईन पत्रिकामा कार्यरत थिए । 

पुडासैनी  नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ को चाँपखेतको स्थायी बासिन्दा हुन । पुडासैनीले नुवाकोटकै पहिलो रेडियो नुवाकोट एफएमबाट पत्रकारिताको सुरूवात गरेका थिए।

Recent Comments

No comments to show.