काठमाडौं । स्रोत नखुलेको ९२ लाख रुपैयाँ नगदसहित काठमाडौंको जोरपाटीबाट तीन जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार उनीहरुलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सन्धुपाल्चोकका रविन धमला, रसुवाका जितबहादुर तामाङ र संखुवासभाका सन्तोष खाती छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।घटनामा संलग्न व्यक्तिहरू सुन कारोबारी हुन सक्ने प्रहरीको अनुमान छ।
प्रतिक्रिया