काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को शनिबार हुने फाइनल खेलको सबै टिकट सोल्ड आउट भएको छ ।
टिकट बिक्रीको जिम्मेवारी पाएको खल्तीले सबै टिकट बिक्री भइसकेको जानकारी दिएको हो । फाइनल खेलका लागि टिकटको मूल्य सामान्यतर्फ ५०० रुपैयाँ र भीआइपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ ।
त्रिवि क्रिकेट मैदानमा फिजिकल पनि टिकट बिक्री नहुने भएकाले सुरक्षाका लागि घरमै बसेर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हेर्न अनुरोध गरिएको छ ।
एनपीएलको उपाधिका लागि भोलि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ ।
प्रतिक्रिया