लोडसेडिङ हुदाँ खुसी हुने जमातले नै लोडसेडिङको हल्ला फैलाए : कुलमान घिसिङ

लोडसेडिङ हुदाँ खुसी हुने जमातले नै लोडसेडिङको हल्ला फैलाए : कुलमान घिसिङ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ हुँदा खुसी हुने जमातले नै अहिले लोडसेडिङ भइरहेको छ भन्ने हल्ला फैलाएको बताएका छन् ।

शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको साधारणसभा तथा अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले लोडसेडिङ नभएर आयोजनाहरुमा आएको प्राविधिक कारणले केही घण्टा जलविद्युत वितरणमा समस्या भएको बताए ।

‘लोडसेडिङ नभएको समयमा लोडसेडिङ छ भन्नेहरुले अहिले प्राविधिक कारण २/४ दिन समस्या आउँदा लोडसेडिङ भयो भनेर हल्ला गरेका छन्,’ उनले भने ।

माथिल्लो तामाकोशी र कालीगण्डकी बन्ने बित्तिकै अहिलेको प्राविधिक समस्या समाधान हुने उनको दाबी छ । उनले व्यस्त समयमा केही मात्रै उद्योगको लाइन काटेर नागरिकलाई सहज बनाएको बताए ।

उनले प्राधिकरणको घाटामा फाइदा लिनेहरु धेरै रहेको बताए । उनले जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम व्यवसायीहरुले तिर्नैपर्ने र त्यसको विकल्प नभएको उल्लेख गरे ।

Recent Comments

No comments to show.