भारत मोबिलिटी बारे नाडा र भारतीय दूतावास बीच अन्तरक्रिया

भारत मोबिलिटी बारे नाडा र भारतीय दूतावास बीच अन्तरक्रिया

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सन् २०२५ को जनवरीमा भारतमा आयोजना हुने भारत बोबिलिटी बारे नेपालको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र नेपालस्थित भारतीय दूतावास बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार काठमाडौंमा भारतीय दूतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखर लगायतको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरू बीच अन्तरक्रिया सम्पन्न भएको हो ।

उक्त अन्तरक्रियामा नाडाका अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रका विविध पक्षहरूको बारेमा जानकारी गराए । उनले नेपालको अटोमोबाइल क्षेत्रको प्रवद्र्धनका लागि भारतको सहयोग अपरिहार्य भएको बताए ।

भारत मोबिलिटी आगामी जनवरी १७ देखि २२ सम्म भारतको नयाँदिल्लीको भारतमण्डपम, यसोभूमि द्धारिका र ग्रेटर नोइदामा आयोजना हुँदैछ ।

उक्त मोबिलिटीमा नेपालबाट नाडाका पदाधिकारी, अटो व्यवसायी लगायत सहभागी हुँदै छन् ।

Recent Comments

No comments to show.