दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

दुई कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश पाउने आज अन्तिम दिन रहेको छ । नेपाल एसबीआई बैंक र तारागाउँ रिजेन्सी होटल्सले गत आव २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको हो ।

साधरण सभा तथा लाभांश प्रयोजनका लागि दुवै कम्पनीले भोलि (पुस ५ गते) बुकक्लोज तोकेका छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्रै दुवै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

एसबीआई बैंकले गत आवको मुनाफाबाट ३.८ प्रतिशत बोनस सेयर र करसहित ८.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस २१ गते ३१औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।

त्यसैगरी, तारागाउँ रिजेन्सीले गत वर्षको नाफाबाट करसहित ११ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले पुस २४ गते वार्षिक साधरण सभा बोलाएको छ ।

Recent Comments

No comments to show.