काठमाडौं महानगरपालिकाले माग्यो सवारी साधनको ब्याट्री व्यवस्थापन बारे जानकारी

काठमाडौं महानगरपालिकाले माग्यो सवारी साधनको ब्याट्री व्यवस्थापन बारे जानकारी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन (विद्युतीय समेत)मा प्रयोग हुने ब्याट्री व्यवस्थापन बारे जानकारी माग गरेको छ ।

महानगरले एक सूचना जारी गर्दै सवारी साधनमा प्रयोगपछि काम नलाग्ने अवस्थाका ब्याट्रीहरूको संकलन, भण्डारण, पुनः प्रयोग र अन्तिम विसर्जनको विधि प्रक्रिया बारे जानकारी माग गरेको हो ।

महानगरले सवारीको ब्याट्री आयतकर्ता, बिक्रेता र प्रयोगकर्तालाई काम नलाग्ने ब्याट्री व्यवस्थापन बारे विस्तृत जानकारी पठाउन भनेको हो ।

‘काठमाडौं महानगरपालिकाभित्र कार्य क्षेत्र भएका सवारी साधनमा प्रयोग हुने ब्याट्रीका आयात कर्ता, विक्रेता तथा प्रयोग कर्ताहरूले आफ्नो दायित्वमा रहेका काम नलाग्ने अवस्थाका ब्याट्रीहरूको सङ्कलन, भण्डारण, पुनः प्रयोग र अन्तिम विसर्जनको विधि प्रक्रिया सम्बन्धी विवरण महानगरपालिका वातावरण व्यवस्थापन विभागमा उपलब्ध गराउन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ महानगरपालिकाले भनेको छ ।

काम नलाग्ने ब्याट्रीहरूबाट निस्कने ठोस तथा तरल पदार्थ र ग्यासले वातावरणीय अवस्थामा नकारात्मक प्रभाव पुर्याउने महानगरले जनाएको छ ।

महानगरले वातावरण तथा प्राकृतिक संरक्षण ऐन, २०७७ को परिच्छेद ७ को दफा ५१ मा फोहर व्यवस्थापनको दायित्व सम्बन्धी व्यवस्था पूरा नगर्नेहरूलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ ।

Recent Comments

No comments to show.