सानिमा बैंकबाट अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सकिने

सानिमा बैंकबाट अन्तरदेशीय क्यूआर भुक्तानी गर्ने सकिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अली पे प्लसनेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्यूआर भुक्तानी गर्न सम्झौता गरेको छ ।

सम्झौता पत्रमा सानिमा बैंककातर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

सम्झौता अनुसार चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्याण्ड, दक्षिण कोरिया, स्वीडेन, इटली लगायत देशहरूबाट नेपाल आएका पर्यटकहरु र अलीपे प्लस प्रयोगकर्ताहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् ।

सानिमा बैंकको नेपाल क्लियरिङ हाउससंगको यस सहकार्यले नेपालमा पर्यटकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीको प्रबद्र्धन गर्ने उद्देश्य रहेको छ ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १३४ कार्यालयहरु तथा १२५ वटा एटीएम सञ्जाल रहेका छन् ।

Recent Comments

No comments to show.