मीनबहादुरलाई एमालेको भवन बनाइदिने बाटो खुल्यो, सर्वोच्चद्धारा रिट खारेज

मीनबहादुरलाई एमालेको भवन बनाइदिने बाटो खुल्यो, सर्वोच्चद्धारा रिट खारेज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गादान लिन पाउने बाटो खुला गरिदिएको छ ।

सोमबार सर्वोच्चका न्यायाधीशद्धय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले एमालले जग्ग दिन लिने बारेको रिट खारेज गरिदिएको हो ।

यससँगै अब मीनबहादुरले एमालेलाई जग्गा दान दिन र पार्टीको केन्द्रीय कार्यालय बनाइदिने बाटो खुलेको छ ।

यसअघि गत कात्तिक १२ गते सर्वोच्च अदालतले नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दान दिएको जग्गामा तत्काल पार्टी कार्यालय भवन निर्माण नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सोही मुद्दाको सुनुवाइ गर्दै आज रिट खारेज गरेको हो ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली र मीनबहादुरले गत दशैंको फूलपातीको दिन कीर्तिपुर एमाले पार्टी कार्यालयको शिलान्यास गरेका थिए । मीनबहादुरले एमालेलाई १० रोपनी १४ आना जग्गामा दान दिएको घोषणा गरेका थिए ।

अदालतमा मुद्दा रहेका व्यक्तिबाट सत्तारुढ दलले सहयोग लिँदा स्वार्थको द्वन्द्व हुने र त्यसले नीतिगत मामिलामा समेत असर पर्ने भन्दै अधिवक्ता डा. ज्ञानबहादुर बस्नेत लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

Recent Comments

No comments to show.