एफएनसीसीआइको विधान संशोधन : अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिने, कार्यकाल २ वर्ष

एफएनसीसीआइको विधान संशोधन : अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिने, कार्यकाल २ वर्ष

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व अब प्रत्यक्ष निर्वाचनबाट चुनिने भएको छ । महासंघको मंगलबार सम्पन्न साधरण सभाले विधान संशोधन गर्दै अब एक कार्यकाल पछि अध्यक्ष पदको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरेको हो ।

संशोधित विधान अनुसार अब हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष भएपछिबाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने भएको हो । यसअघि महासंघको वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन हुने र निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकलका लागि स्वतः अध्यक्ष हुने व्यवस्था थियो ।

यस्तै, महासंघको अध्यक्षको कार्यकाल पनि १ वर्ष घटाइएको छ । हाल महासंघको अध्यक्षको कार्यकाल ३ वर्ष हुने व्यवस्था रहेकोमा अब २ वर्षमा झारिएको छ । अन्जन श्रेष्ठले महासंघको नेतृत्व सम्हालेर कार्यकाल सकिएपछि नयाँ अध्यक्षको कार्यकाल २ वर्षको हुने व्यवस्था गरिएको हो ।

यसैगरी, महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ । तर, कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष चयन हुने गरी विधान संशोधन गरिएको छ ।

महासंघले एकजना वरिष्ठ उपाध्यक्ष रहने व्यवस्थालाई भने निरन्तरता दिइएको छ । तर, वरिष्ठ उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ । प्रत्यक्ष निर्वाचन हुने छैन ।

महासंघको जिल्लारनगर तर्फ २ जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । हाल जिल्लानगरतर्फ एक जना मात्र उपाध्यक्ष रहने व्यवस्था छ ।

महासंघको गत २४ गते बसेको कार्यसमिति बैठकले विधान संशोधनको प्रस्ताव विशेष साधारणसभामा लैजाने निर्णय गरेको थियो । सोहीअनुसार आज विशेष साधरण सभा गरी विधान संशमेधन गरिएको हो।

८ वर्ष अघिसम्म भने महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाटै चुनिने व्यवस्था थियो । २०७३ मा विधान संशोधन गरी वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गरिएको थियो ।

Recent Comments

No comments to show.