काठमाडौं । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको छ ।
झापाको काँकडभिट्टाबाट उद्धार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई सोमबार पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारीअनुसार बालिकाको बुबा छैनन् । आमा भारत बस्छिन् । ती बालिकालाई घरको काम गरिदिने र पढाइ दिने शर्तमा घरेलु कामदार राखिएको थियो । दुर्व्यवहारपछि उनी कलेज ड्रेसमै काँकडभिट्टा हुँदै भारत आमाकहाँ जान खोज्दै थिइन्, त्यसबेला प्रहरीको सहयोगमा उद्धार गरिएको थियो ।
शिवाकोटी २०७४ सालको चुनावमा नेकपा (एमाले)बाट बिर्तामोड नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
प्रतिक्रिया