जनताको भरोसा र अभिमतलाई रक्षा गर्न नसकेको प्रचण्डको स्वीकारोक्ति

जनताको भरोसा र अभिमतलाई रक्षा गर्न नसकेको प्रचण्डको स्वीकारोक्ति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीप्रति जनताले गरेको विश्वास र अभिमतलाई जोगाउन नसक्दा कार्यकर्ता र कर्मचारीमा असन्तुष्टि बढ्दै गएको स्वीकार गरेका छन्।

सोमबार नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकताबद्ध गरी विकास र समृद्धिको मार्गमा अघि बढ्न नसक्दा असन्तोष चुलिएको बताएका हुन्।

उनले पार्टीमा पटक–पटक भएका विभाजनका कारण कार्यकर्ता र कर्मचारीहरुमा निराशा थपिएको उल्लेख गरे। ‘हामीले २०६४ सालको निर्वाचनमा जनताले गरेको अपार भरोसा र अभिमतलाई जोगाउन सकेनौं,’ दाहालले भने, ‘पार्टीलाई एकताबद्ध गरेर जनभावनालाई उच्च सम्मानसहित विकास र समृद्धिको यात्रामा लैजान सकिएन। विभाजनका घाउले कार्यकर्ता र कर्मचारीतन्त्रमा निराशा बढाएको छ।’

अध्यक्ष दाहालले माओवादी केन्द्रले आफ्ना एजेण्डाहरुमा निरन्तरता दिन नसक्दा जनताको विश्वास, पार्टीप्रतिको एकता, निष्ठा, र लगाव कमजोर हुँदै गएको बताए। उनका अनुसार पार्टीले राम्रा काम गर्न खोजे पनि सफल हुन नसकेको र यसका कारण आत्मसमीक्षा आवश्यक भएको छ।

‘हामीले हाम्रा एजेण्डालाई जति दरोसँग अघि बढाउनुपथ्र्यो, त्यो गर्न सकिएन,’ उनले भने, ‘त्यसले हाम्रो वर्ग र समुदायसँगको सम्बन्धमा पनि कमजोरी आएको छ। जनतामा एजेण्डा पुर्‍याउने प्रयास पनि कमजोर देखियो।’

तर, उनले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा भौतिक पूर्वाधार क्षेत्रमा महत्त्वपूर्ण थालनी गरेको दाबी गर्दै केही उपलब्धि हासिल गरेको पनि उल्लेख गरे।

Recent Comments

No comments to show.