हिमालयन एभरेष्ट इन्स्योरेन्सले मनायो ३१औं वार्षिकोत्सव

हिमालयन एभरेष्ट इन्स्योरेन्सले मनायो ३१औं वार्षिकोत्सव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव सम्पन्न भएको छ । तीन दशकभन्दा लामो इतिहास बोकेको इन्स्योरेन्स आइतबार ३० वर्ष पूरा गर्दै ३१ औं वर्षमा प्रवेश गरेको हो ।

कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको बीमा क्षेत्रको विकासमा महत्वपूर्ण खम्बाको रूपमा रहेको छ । समयसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमाको दायरा फराकिलो बनाउँदै, जोखिम व्यवस्थापनको क्षमता विस्तार गर्दै ग्राहक सेवामा नवीनता थप्न सफल भएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले व्यक्तिगत, कर्पोरेट तथा कृषि बीमा उपलब्ध गराउँदै आएको छ । व्यक्तिगत बीमा अन्तर्गत सवारी साधन बीमा, व्यक्तिगत दुर्घटना बीमा र यात्रा बीमा रहेका छन् भने कर्पोरेट बीमा अन्तर्गत भबन बीमा , उधोग , समुन्द्रिक , हवाई र इन्जिनियरिङ बीमा सेवा समावेश छन् ।

त्यसैगरी कृषि बीमा अन्तर्गत गाईवस्तु र बाली बीमा रहेका छन् । कम्पनीले डिजिटल माध्यमबाट बीमा को दाबी सजिलै गर्न मिल्ने ‘स्मार्ट क्लेम’ सेवा पनि उपलब्ध गराएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले हालै सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४’ मा डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र स्ट्राटेजिक पार्टनरशिप अफ द इयर-नेपाल’ गरी दुई प्रतिष्ठित अवार्डहरू जित्न सफल भएको थियो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भनिन्, ‘हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दशकको यात्रामा नवीनता, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा ध्यान दिँदै आएको छ । हाम्रो उद्देश्य ग्राहकहरूलाई छिटो र विश्वसनीय सेवा प्रदान गर्दै नेपालको अर्थतन्त्र र पूर्वाधारको विकासमा योगदान पुर्याउनु हो । यो अवसरमा हामी सबै ग्राहक, कर्मचारी र साझेदारहरूलाई धन्यवाद दिन चाहन्छौं जसको योगदानले हामी ३१औँ वर्ष पूरा गर्न सफल भएका छौँ ।’

हिमालयन एभरेष्ट इन्स्योरेन्सले आगामी वर्षहरूमा थप नयाँ प्रविधिले बीमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ ।

Recent Comments

No comments to show.