डोटीको पूर्विचौकी-६ मा कांग्रेसका थापा विजयी

डोटीको पूर्विचौकी-६ मा कांग्रेसका थापा विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मोहन थापा विजय भएका छन्।

आज सम्पन्न उपनिर्वाचनमा उनले चार सय ६८ मत प्राप्त गरी विजयी भए।  

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का देवबहादुर थापाले तीन सय एक मत प्राप्त गरे।

साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी कुमारी खड्का (कुँवर) ले ३१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का देवीलाल थापाले २६ मत प्राप्त गरे।

निर्वाचन कार्यालयका अनुसार १३ मत बदर भएको छ। कूल एक हजार पाँच सय ९३ मतदाता रहेको वडामा आठ सय ३९ मत खसेको थियो।

यसअघि २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। 

Recent Comments

No comments to show.