ओखलढुङ्गाको मोलुङ–५ मा एमालेका तामाङ विजयी

ओखलढुङ्गाको मोलुङ–५ मा एमालेका तामाङ विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार गङ्गाबहादुर तामाङ तीन सय ९९ मत ल्याएर विजयी भएका छन्।

उक्त पदका लागि आज भएको उपनिर्वाचनमा  तामाङका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका घनश्याम दाहालले एक सय ७७ मत प्राप्त गरे।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुप्रसाद पोखरेलले एक सय ५१, नेकपा (माओवादी केन्द्र) का मानबहादुर सुनुवारले २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणी दाहालले तीन र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले तीन मत ल्याए।

उक्त निर्वाचनमा १२ मत बदर भएको थियो। विसं २०७९ को स्थानीय तह निर्वाचनमा मोलुङ–५ का वडाध्यक्ष गोपिकृष्ण कार्कीको निधन भएकापछि आज उपनिर्वाचन भएको हो। 

Recent Comments

No comments to show.