दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना सङ्क्रमण पुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा। मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­-४ का ६८ वर्षीय वृद्धमा आज कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ती वृद्धको गत भदौ २ गते गाउँमै स्वाब सङ्कलन गरिएको थियो।

स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला पठाइएको र रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए।

उनको कोरोना सङ्क्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको प्रमुख यादवको भनाइ छ।

योसँगै सिरहामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ।

यसअघि सिरहाको गोलबजार नगरपालिका-१२ का २२ वर्षीय युवक र विष्णुपुर गाउँपालिका­-१ का ४० वर्षीय युवकको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो।-रासस

Recent Comments

No comments to show.