सरकारलाई कांग्रेसको प्रश्न : ‘खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

सरकारलाई कांग्रेसको प्रश्न : ‘खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमै उद्धार गर्न सरकारको ध्यनाकर्षण गराएको छ ।

गत १ असारमा सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ आदेश जारी गरेपनि सरकारले त्यसको वेवास्ता गरेको कांग्रेसको आरोप छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै, ‘खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ? सर्वोच्चको आदेश उल्लंघन गर्दै महंगो टिकटसँगै सबै खर्च बोकाउनु मानवियता कि ‘सर्वहारामाथि अधिनायकवाद ?’ भन्दै प्रश्न गरेका छन्।

सर्वोच्च अदालतका न्यायाधीशद्धय आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परी नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्धार गर्नू भन्दै सरकारको नाममा आदेश जारी गरेको थियो।

आदेश कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता नदेखाएको कांग्रेसको आरोप छ। कांग्रेस प्रवक्ता शर्माले सर्वोच्चको आदेश आएको दुई महीनापछि पुनः महंगो चार्टर्ड फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामा सरकारले थप पीडा दिएको शर्माले बताएका छन्।

“नेपाली श्रमिक न्यून संख्यको फ्लाइटबाट नेपाल आइपुग्न महिनौं लाग्ने देखिन्छ। उद्धारको यो कछुवा गतिभित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझने हृदय विल्कुलै देखिएन”, विज्ञप्तिमा भनिएको छ।

श्रमिकले विदेशबाट फर्किएपछि स्वयंले होटेल क्वारेन्टाइनमा सात दिनको खर्च ब्यहोर्नुपर्ने, पीसीआर परीक्षण आफैं गराउनुपर्ने र गाउँ पुग्ने यातायात खर्च समेत आफैं ब्यहोर्नुपर्ने  सरकारी निर्णय ठीक नभएको कांग्रेस प्रवक्ता शर्माले उल्लेख गरेका छन्।

यो पनि पढ्नुसः

‘माफ गर बाबु, तिम्रो मृत्यु अकर्मण्यताले हो, कोरोना नेगेटिभ रिपोर्ट सिंहदरबारमा राख्ने कि धुम्बाराही ?’

Recent Comments

No comments to show.