भारत र दक्षिण अफ्रिकाबीच टी–२० सिरिजको चौथो तथा अन्तिम खेल आज

भारत र दक्षिण अफ्रिकाबीच टी–२० सिरिजको चौथो तथा अन्तिम खेल आज

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत र दक्षिण अफ्रिकाबीच टी–२० सिरिजको चौथो तथा अन्तिम खेल आज जोहानसबर्गमा हुँदैछ।

खेल नेपाली समयानुसार वान्डरर्स रंगशालमा राति पौने ९ बजे हुनेछ। 

चौथो टी–२० सिरिजमा भारत २–१ ले अगाडि छ । भारतले पहिलो खेल ६१ रनले र तेस्रो खेल ११ रनले जितेको थियो।

दोस्रो टी–२० खेलमा भने दक्षिण अफ्रिका ३ विकेटले विजयी भयो। भारत र दक्षिण अफ्रिकाले अहिलेसम्म ३० वटा टी–२० खेलिसकेका छन्।

भारतले १७ र दक्षिण अफ्रिकाले १२ मा जित हासिल गरेका छन्। दुई टिमबीचको एउटा खेल भने बराबरी भएको थियो।

आजको खेलमा भारतीय टोलीमा कप्तान सूर्यकुमार यादवसहित सञ्जु सैमसन, अभिषेक शर्मा, तिलक वर्मा, रिङ्कु सिंह, हार्दिक पाण्ड्या, अक्षर पटेल, रमनदीप सिंह, वरुण चक्रवर्ती, रवि बिश्नोई र अर्शदीप सिंह रहेका छन्।

दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्करामसहित रिजा हेन्ड्रिक्स, रायन रिकेलटन, ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन, डेभिड मिलर, एन्डाइल सिमेलेन, मार्को यान्सन, जेराल्ड कोएत्जी, एन पिटर र केशव महाराज मैदानमा उत्रने छन्।

Recent Comments

No comments to show.