सिजीलाई सञ्चारमन्त्रीको प्रश्न:भिस्याट प्रविधि कहाँ छ, ४१ जिल्लामा काम गर्नु भो ?

सिजीलाई सञ्चारमन्त्रीको प्रश्न:भिस्याट प्रविधि कहाँ छ, ४१ जिल्लामा काम गर्नु भो ?

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले चौधरी ग्रुपमाथि प्रश्नै प्रश्न गरेका छन् ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सुनाउँदै बास्कोटाले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै चौधरी ग्रुपको कम्पनी सिजी टेलिकममाथि प्रश्नै-प्रश्न गर्दै छानबिन गर्ने बताएका हुन् ।

बाँस्कोटाले प्रक्रिया पुर्‍याएर आउन सिजी कम्युनिकेसन सञ्चालक चौधरी ग्रुपलाई आग्रह गर्दै ढोका हुँदाहुँदै झ्यालबाट आउनु प्रक्रिया विपरीत भएको बताए ।

तत्कालिन समयमा मन्त्रिपरिषदले गरेको निर्णय राजपत्रमा प्रकाशित नभएको हुँदा कानूनी आधार नभएको दाबी गरे ।

सिजीमाथि सरकारले कुनै पूर्वाग्रह नराखे बताउँदै बाँस्कोटाले सिजी कम्युनिकेसनले प्रक्रिया नपुर्‍याएकोले लिमिटेड मोविलिटी सेवाको लाइसेन्स खारेज गरेको जानाकारी दिए । सिजीसँग पैसा मागेको भन्ने आरोप झूटो समेत भएको दाबी गरे।

‘चौधरी ग्रुपसँग २० अर्ब माग्यो भन्छन्, चाहिँदा पनि चाहिँदैन। मेरो घरमा त्यति पैसा राख्ने ठाउँ छैन,’ मन्त्री बाँस्कोटाले भने ।

तत्कालिन एसटीएम (हालको सिजी टेलिकम) मा विश्व बैंकले दिएको १ करोड १८ लाख ६५ हजार अमेरिकी डलर कहाँ खर्च भयो र सर्तअनुसार गर्नुपर्ने जिम्मेवारी पूरा गरेको वा नगरेकोबारे छानबिन गर्ने बताए ।

४१ जिल्लामा काम गर्नुपर्ने थियो होला। कहाँ काम गर्नुभो ?,’ उनले प्रश्न गरे, ‘पाँच सय ३४ गाविसमा काम गर्नुपर्ने थियो। के कस्तो अवस्थामा छ, भिस्याट प्रविधि कहाँ छ, सम्पत्ति कति हिनामिना भएको छ त्यसको छानबिन हुन्छ,’ उनले भने ।

‘१०६८ वटा पीसीओहरु बने कि बनेनन, ती काम के हुनुपर्ने हो, ती काम नहुँदा रकम फिर्ता गर्नुपर्ने, त्यो रकम के हुन्छ अब अध्ययन त्यसमा हुन्छ,’ उनले भने ।

Recent Comments

No comments to show.