काठमाडौं । काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । एकै दिन संक्रमण पुष्टि भएको यो अहिलेसम्म कै धेरै संख्या हो ।
प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया