काठमाडौं । सर्वाेच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्षको जेल सजाय हुने फैसला सदर गरेको छ । गुण्डा नाइके चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गर्दै सर्वाेच्चले मनाङेलाई ५ वर्षको जेल सजाय सदर हुने फैसला गरेको हो ।
मनाङेलाई यसअघि उच्च अदालत पाटनले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय हुने फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनी सर्वोच्च गएका थिए । मंगलबार न्यायाधीसद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङे दाेषी ठहर हुने फैसला सदर गरेको हो ।
२०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा मनाङेसहित उनको समूहका युवाहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।
प्रतिक्रिया