सेयर बजारमा झिनो गिरावट

सेयर बजारमा झिनो गिरावट

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । ५ दिनपछि मंगलबार खुलेको बजारमा नेप्से १ अंकभन्दा कमले घटेको हो । आज दिनभरमा नेप्सेमा २६ अंकको उतरचढाव आयाे।

आज नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४ बिन्दुमा आइपुगेको छ । आज ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता सेयर किनबेच भएको छ ।

आज सूचकसँगै कारोबार रकममा पनि गिरावट भएको छ । अघिल्लो कारोबा दिनको डेढ अर्बले घटेर ४ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ भने लगानी समूह ०.८१ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक २९ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा जीआइसी इन्स्योरेन्सको १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको मूल्य घटेको छ ।

झिनो अंकले घटेको बजारमा आज सुपर माइ हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत बढेको छ ।

त्यस्तै, समाज लघुवित्तको ९.९५ प्रतिशत, गुराँस लघुवित्त, रसुवागढी हाइड्रोपावरको सेयर मूल्य ८.७५ प्रतिशतले बढेको छ ।

मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

Recent Comments

No comments to show.