उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव छ। त्यसैगरी देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत आंशिक प्रभाव छ ।

यतिबेला (बिहीबार बिहान) कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। 

कोसी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी  प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा हल्का हिमपातकोसमते सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोसी प्रदेश लगायात बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

कोसी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कोसी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानमा राति हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

कस्तो होला शुक्रबार र शनिबारको मौसम?

२०८१ कात्तिक १६ गते शुक्रबार

दिउँसोː कोसी प्रदेश लगायात देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोसी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

२०८१ कात्तिक १७ गते शनिबार

दिउँसोː कोसी प्रदेश, बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातिː देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

कोसी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी  प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Recent Comments

No comments to show.