काठमाडौं। स्थानीय प्रशासनले बुधबार रातीबाट लाग हुने गरी काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ ।
कोरोना भाइरसको महामारीबाट आज सबैभन्दा बढी संख्यामा संक्रमित पुष्टी भएसँगै काठमाडौंमा मानिसहरुको आवतजावत रोक्नु पर्ने निष्कर्षमा सरकार पुगेको हो । सोही अनुसार काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा घोषणा गरेको हो ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबारबाट लागु हुने गरी एक साताका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको छ । यस पटक आवागमन कडाई गरी सडकमा समेत मानिसहरुलाई आवतजावत गर्न नदिने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकामा आज मात्र २ सय भन्दा बढी संक्रमित भेटिएका छन् । आज काठमाडौंसहित देशभर सर्वाधिक संख्यामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रतिक्रिया