काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आकर्षक लाभांश घोषणा गरेको छ ।
बैंक संचालक समितिको कात्तिक १३ गते बसेको बैठकले सेयरधनीलाई ६.५ प्रतिशत बोनस सेयर र करसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
प्रतिक्रिया