ट्राफिकले लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिनुको कारण पेश गर्न सर्वोच्चको आदेश

ट्राफिकले लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिनुको कारण पेश गर्न सर्वोच्चको आदेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्लूबुक) नियन्त्रणमा लिनुको कारण पेश गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले सरकारको नाममा कारण देखाऊ आदेशसहित लिखित जवाफ माग गरेको हो ।

अधिवक्ता विवेक चौधरीले ट्राफिक प्रहरीले लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिनु गैरकानुनीभन्दै कात्तिक ७ गते दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले १५ दिन भित्र कारण पेश गर्न भनेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ ले ट्राफिक प्रहरीलाई जरिवाना गर्ने अधिकार दिएको छ । तर, लाइसेन्स र ब्लूबुक नियन्त्रणमा लिने अधिकार नभए को चौधरीको दाबी छ ।

उनले तत्काल साे कार्य रोक्न समेत माग गरेका थिए । अदालतले अन्तिम निर्णय हुँदा व्याख्या गर्नुपर्ने विषय देखिएको ठहर गर्दै अन्तरिम आदेश दिएन ।

सर्वोच्चले विपक्षी नेपाल सरकार लगायतका निकायको लिखित जवाफ पेस भएपछि पेसीमा चढाउन भनेको छ ।

Recent Comments

No comments to show.