आज नेकपा सचिवालय बैठक बस्‍दै

आज नेकपा सचिवालय बैठक बस्‍दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।

बिहान ९ बजे बालुवाटारमा बैठक तय भएको अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।

यसअघि शुक्रबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमति अनुसार नेकपाभित्रको आन्तरिक समस्या हल गर्न सुझाव पेस गर्ने गरी ६ सदस्यीय कार्यदल बनाइएको छ।

सो कार्यदललाई अनुमोदन गरी कार्यादेश तोक्नेगरी केही नेताहरूले सचिवालय बैठक माग गरेपछि आज सचिवालय बैठक बोलाइएको बताइएको छ। 

Recent Comments

No comments to show.