काठमाडौं । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ ।
बाढी, पहिरो र चट्याङका घटनामा परी २६६ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परि बैशाख १ देखि साउन ३२ गतेसम्म उनीहरुको ज्यान गएको हो ।
जसमा ७८ जना हराईरहेका छन् भने ३३० जना घाइते भएका छन्। तथ्याङ अनसार पहिरोका घटनामा परी २०८ जनाको मृत्यु, ६६ जना वेपत्ता भएका छन् । १६२ जना घाइते भएका छन्।
सोही अवधिमा बाढीका घटनामा परी ७ जनाको मृत्यु, १२ जना बेपत्ता र ३ जना घाइते भएका छन्।
यो अवधिमा चट्याङ् लागेर ५१ जनाको मृत्यु भएको छ भने १६५ जना घाइते भएका छन्।
दैनिक विपद् बुलेटिन — NDRRMA (@NDRRMA_Nepal) August 16, 2020 ” target=”_blank”>
३२ साउन २०७७#SitRep 56 pic.twitter.com/Ikml8sDlF8
प्रतिक्रिया