पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासको यथावत

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, एलपी ग्यासको यथावत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

आईतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य एक/एक रुपैयाँले बढाएको हो। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

निगमको अनुसार अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ।

यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ ।

Recent Comments

No comments to show.