विपदमा देशभर ६६ जनाको मृत्यु, ६९ जना बेपत्ता

विपदमा देशभर ६६ जनाको मृत्यु, ६९ जना बेपत्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर गरेर ६६ जनाको मृत्यु भएको र अन्य ६९ जना बेपत्ता भएका छन्। हालसम्म विपद्‌मा परेर ६० जना घाइते भएका छन्।

सशस्त्र प्रहरीका प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेका अनुसार उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ।

काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो। यस्तै, पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ।

ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ६९ जना बेपत्ता रहेका छन्।

अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको छ। दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ।

Recent Comments

No comments to show.