आधा शुल्क तिरेर क्लासिक टेकको इन्टरनेट र टीभी जडान गर्न सकिने

आधा शुल्क तिरेर क्लासिक टेकको इन्टरनेट र टीभी जडान गर्न सकिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘आधा तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ। कम्पनीले इन्टरनेट तथा आइपीटीभी जडान गर्न चाहने ग्राहकलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।

यस अफर अन्तर्गत ग्राहकले अब नयाँ इन्टरनेट तथा आइपीटीभी जहान गर्दा वार्षिक अफरको आधा मात्रै शुल्क तिरेर ६ महिनाका लागि इन्टरनेट प्लस टीभी जडान गर्न सक्नेछन्। ६ महिनापछि पनि सोही प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १५० एमबीपीएसको इन्टरनेटको वार्षिक शुल्क ९ हजार ९९९ रुपैयाँ रहेकोमा ग्राहकले ४ हजार १९३ रुपैयाँ मात्रै तिरेर जडान गर्न सक्नेछन् ।

त्यसैगरी, १५० एमबीपीएस इन्टरनेट प्लस नेट टीभी ५ हजार २२१ रुपैयाँ, २०० एमबीपीएस इन्टरनेट ४ हजार ७९३ रुपैयाँ, २०० एमबीपीएस प्लस नेट टीभी ५ हजार ५२१ रुपैयाँ र २०० एमबीपीएस प्लस २ टीभी ७ हजार २९१ रुपैयाँ तिरेर जडान गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकले नयाँ लाइन जडान गर्दा वाइफाई ६ भएको डुअल ब्याड राउटर, स्मार्ट सेटटप बक्स साथै सेकण्डरी राउटर पनि निःशुल्क पाउने छन् ।

जडान खर्च निःशुल्क रहेको तर, राउटरका लागि ५०० रुपैयाँ र आइपी टीभीका लागि थप ५०० रुपैयाँ डिपोजिट राख्नुपर्ने छ । यसमा १३ प्रतिशत भ्याट लाग्ने कम्पनीले जनाएको छ ।

छठसम्म रहने यस अफर पुरानो ग्राहकले पनि ६ महिनाको रिचार्ज गर्न सक्नेछन् ।

Recent Comments

No comments to show.