काठमाडौं। गायिका आस्था राउतको मर्मस्पर्शी तीज गीत ‘फाट्यो नि माइतीको चिनो’ सार्वजनिक भएको छ।
आस्थाले यो गीतको आधिकारिक भिडियो बिहीवार मात्र सार्वजनिक गरेकी हुन् ।
सुरेश अधिकारीको शब्द संगीत रहेको गीतमा दिया मास्के र मनोज जोशीको अभियन छ।
निकै भड्किला गीत सार्वजनिक भइरहेका बेला आस्थाले भने माइतीले दिएको चिनो फाट्दा छोरी चेलीलाई हुने पीडा गीतमार्फत व्यक्त गरेकी छिन्। तीजको अवसरमा उपहार स्वरुप लिएको आस्थाको भनाइ छ।
प्रतिक्रिया