सबैले आफ्नो भुमिका अनुरूप खेल्नेछन्– प्रशिक्षक मोन्टी

सबैले आफ्नो भुमिका अनुरूप खेल्नेछन्– प्रशिक्षक मोन्टी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले आइसिसी विश्वकप लिग–२ को आगामी श्रृंखलामा हरेक खेलाडीले आफ्नो जिम्मेवारी अनुरुप भूमिका निर्वाह गर्ने बताएका छन्।

घरेलु मैदानमा भएको लिग–२ को पहिलो श्रृंखला सुखद् नभएको उल्लेख गर्दै प्रशिक्षक मोन्टीले क्यानडा र अमेरिकामा हुने दुई श्रृंंखलामा राम्रो नतिजा प्राप्त गर्ने आशा व्यक्त गरेका हुन्।

नेपालले आइसिसी विश्वकप लिग–२ साइकल अनुरूपमा क्यानडामा दोस्रो र अमेरिकामा तेस्रो श्रृंखला खेल्दैछ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार आयोजना गरेको विदाई कार्यक्रममा प्रशिक्षक मोन्टीले यी श्रृंखलाका लागि क्यानले भारत र श्रीलंकामा व्यवस्थापन गरेको प्रशिक्षण क्याम्प उपयोगी सावित हुने आशा गरे।

यस क्रममा खेलाडीले फरकफरक प्रशिक्षकसँग सिक्ने अवसर पाएको उल्लेख गर्दै त्यहाँबाट सिकेका स—साना पक्ष आगामी खेलमा उपयोगी हुने उल्लेख गरेका हुन्। उनले जित र हार आफ्नो हातमा नभए पनि जितको मानसिकता हुनुपर्ने बताए।

क्यानले आइसिसी विश्वकप लिग–२ को श्रृंखलाका लागि क्यानाडा जाने टोलीको विदाई गरेको छ।

नेपालले आगामी सेप्टम्बर १६ देखि २० सम्म हुने एकदिवसीय श्रृंखलामा घरेलु टोली क्यानाडा र ओमानसँग खेल्दैछ। नेपालले सेप्टेम्बर १६ मा क्यानाडासँग खेल्दै श्रृंखलाको शुरुवात गर्नेछ। नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ। एकदिवसीय श्रृंखलापछि यी तीनै टोली सम्मिलत ट्वान्टी–२० अन्तर्राष्ट्रिय श्रृंखला पनि हुनेछ। श्रृंखलामा नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानाडा तथा सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ।

त्यसपछि नेपाल लिग–२ नै खेल्न अमेरिका प्रस्थान गर्नेछन्। अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिकोणात्मक र ट्वान्टी–२० दुवै श्रृंखला हुनेछ। यसअघि सन्दीपले अमेरिका प्रवेशको भिसा पाएका थिएनन्।

Recent Comments

No comments to show.