काठमाडौं । ओलम्पिक काँस्य पदक विजेता पलेशा गोवर्धनलाई नेपाल उद्योग वाणिज्य महासंघले ३ लाख नगदसहित सम्मान गरेकाे छ।
शुक्रबार महासंघले आफ्नै कार्यालयमा बोलाएर गोवर्धनलाई ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेको हो।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रको गौरव बढाउने खेलाडीहरूलाई निजी क्षेत्रले प्रोत्साहनस्वरुप सहयोग र सम्मान गर्नुपर्ने बताए।
पेरिस ओलम्पिककै इतिहासमा नेपाललाई पदक जिताउन सफल पलेशालाई अझ प्रेरणा र प्रोत्साहन दिनुपर्ने उनले उल्लेख गरे।
सम्मान ग्रहण गर्दै पलेशाले ओलम्पिकको पहिलो मेडल जित्न पाएकोमा खुशी लागेको बताइन्। सबैले साथ र सहयाेग गरे अर्काे ओलम्पिकमा पनि आफूले पदक ल्याउने उनकाे भनाइ छ।
उनले भनिन्,’ ओलम्पिकको पहिलो मेडल हो। यसमा म पनि धेरै खुशी छ । मैले मेरो एउटा उद्देश्य पूरा गरेको छु जस्तो लागेको छ। सबैको साथ र सहयोग भए अर्को ओलम्पिकमा पनि पदक ल्याउनेछु भन्ने आशावादी छु।’
प्रतिक्रिया