काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरूको काज सरुवा गरेको छ। गृहले सोमबार डीआइजीहरू कृष्णहरि शर्मा पोखरेल, किरण राणा र भरतबहादुर बोहोराको काज सरुवा गरेको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानी पोखरीमा कार्यरत डीआइजी पोखरेललाई बागमती प्रदेश कार्यालय हेटौंडा सरुवा गरिएको छ।
गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान व्युरोका डीआइजी किरण राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र बोहोरालाई कार्यविभागबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरेको छ।
प्रतिक्रिया