काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री दिवंगत सुशील कोइरालाको ८१औं जन्मजयन्तीका अवसरमा वृद्धवृद्धालाई फलफूल र स्वास्थ्य सामग्री वितरण गरेको छ ।
तरुण दलले बुधबार बिहान कोइरालाको जन्मजयन्तीको अवसरमा कालीमाटीमा रहेको वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी (आमा घर) मा फलफूल र स्वास्थ्य सामग्री वितरण गरेको हो ।
फलफूल तथा स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान् गुरुङलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया