‘माफ गर बाबु, तिम्रो मृत्यु अकर्मण्यताले हो, कोरोना नेगेटिभ रिपोर्ट सिंहदरबारमा राख्ने कि धुम्बाराही ?’

‘माफ गर बाबु, तिम्रो मृत्यु अकर्मण्यताले हो, कोरोना नेगेटिभ रिपोर्ट सिंहदरबारमा राख्ने कि धुम्बाराही ?’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वीरगञ्जमा एक बालक रोगले भन्दा सरकारी अकर्मण्यताले मृत्यूवरण गरेको आरोप लगाएका छन् ।

वीरगञ्जमा कोरोना संक्रमणको आशंकामा उपचारमा लापरवाही गर्दा मंगलबार एक बालकको मृत्यु भएको थियो । झाडापखाला, ज्वरो र वान्ता आउने समस्या देखिएका बाराको बारागढी गाउँपालिका–२ का ९ वर्षीय सुशीलकुमार साहलाई कोरोना लागेको भन्दै अस्पतालहरुले उपचार गर्न आनाकानी गरेका थिए ।

आइतबार राति वीरगञ्जको नेशनल मेडिकल कलेजम लैजाँदा भर्ना लिन नमानेपछि उनलाई उनको आफन्तले वीरगञ्जको विभिन्न अस्पताल डुलाउँदै नारायणी अस्पताल लगेका थिए ।

नारायणीले चेकजाँच पछि बालकको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान सल्लाह दिएसँगै परिवारले पर्साका प्रहरी उपरीक्षक गंगा पन्तलाई समस्याबारे जानकारी गराएका थिए । उनले नेशनल मेडिकल कलेजमा भर्ना गर्नका लागि पहल गरिदिपछि नेशनलले सोमबार विहान ९ बजे भर्ना गरेको थियो । तर उनको मंगलबार मृत्यु भएको हो ।

प्रहरीको दवावपछि नेशनल मेडिकल कलेजले भर्ना लिएपनि राम्रोसँग उपचार नगरेको मृतकका आफन्तले आरोप लगाएका छन् । बालकको मृत्यु भइसकेपछि उनको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

यही घटनालाई लक्षित गर्दै प्रवक्ता शर्माले बुधबार एक ट्वीट सन्देशमा लेखेका छन्, ‘सत्ताद्वन्द्व क्रममा मान्छेको चित्कारले हामीलाई थोरै पोल्नु पर्दैन आदरणीय प्रधानमन्त्री र प्रचण्ड ?’

उनले अगाडि लेखेका छन्, ‘नौ बर्षका बालकको मृत्युपछि आएको कोरोना नेगेटिभ रिपोर्ट फ्रेममा सजाएर सिंहदरबारमा राख्ने कि धुम्बाराही ? माफ गर बाबु, तिम्रो मृत्यु झाडापखालाले होइन हाम्रो अकर्मण्यताले भएको हो ।’

Recent Comments

No comments to show.