जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु

जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणबाट मृत्यु भएको छ । 

पूर्वमेयर गिरीको गएराति काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। उनको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको परिवारजनले बताएका छन्।

जनकपुरधाममा होटेल रामा सञ्चालन गरिरहेका उनलाई कोरोना संक्रमण भएपछि १५ दिन अघि काठमाडौं ल्याइएको थियो। ७३ वर्षीय गिरी मुटु रोगबाट पीडित थिए। उनलाई एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

 नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए ।

Recent Comments

No comments to show.