जाजरकोटा । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर–२ माझगाउँमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ।
आइतबार राति गएको पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पहिरोमा परी ४२ वर्षीय लालबहादुर परियार र उनकी श्रीमती ३४ वर्षीया मनीषा परियार र २ वर्षका छोराको मृत्यु भएको प्रहरी जानकारी दिएको छ।
भूकम्पले घर भत्किएपछि लालबहादुर परियारको परिवार अस्थायी टहरामा बस्दै आएको थियो।
नलगाडमा ठाउँठाउँमा पहिरो गएकाले विद्युत् र सडकसमेत अवरुद्ध भएको बताइएको छ।
प्रतिक्रिया