मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना ५१:४९ प्रतिशत

मेरो माइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना ५१:४९ प्रतिशत

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयर संरचना परिवर्तन गर्ने भएको छ । लघुवित्त संस्थाले हाल कायम रहेको पुँजी संरचनालाई परिवर्तन गरी संस्थापक सेयरधनी समूहको ५१ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ४९ प्रतिशत कायम गर्ने भएको हो ।

हाल लघुवित्तमा संस्थापक संस्थापक सेयरधनी समूहको ५९.४० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ४०.६० प्रतिशत सेयर स्वामित्व छ । सञ्चालक समितिको साउन १८ गते बसेको बैठकले नेपाल राष्ट्र बैंकमा स्वीकृति मागेको थियो ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई सकेको हुँदा सेयर अनुपात परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा सम्पूर्ण संस्थापक सेयरधनीहरूलाई जानकारी गराएको हो । साथै संस्थापक सेयर सर्वसाधारण समुहमा परिवर्तन गर्न नचाहने सेयरधनीहरूले ३५ दिनभित्र लिखित निवेदन दिनुपर्नेछ ।

यदि निवेदन नदिएमा संस्थापकहरूको हकमा संस्थापक सेयर अनुपात सर्वसाधारण समुहमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधारण समुहमा परिवर्तन गर्ने प्रक्रिया अगाडी बढाइने लघुवित्तले बताएको छ ।

Recent Comments

No comments to show.