सल्यान– सल्यानमा हातहतियार बोकेको नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
लु १ ग १२३ नम्बरको गाडी कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको र दुर्घटनामा जमदार यादवप्रसाद धरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
दुर्घटनामा परी मेजर ईश्वर सिलवाल,सिपाहीहरू विशाल गुरुङ, रेशम हिटन मगर,विपिन श्रेष्ठ, हबल्दारद्वय जय प्रकाश बोहरा र मोहन थापासहित ६ जना अवस्था गम्भीर घाइते भएका छन्।
दुर्घटनामा घाइते चार जनाको उद्धार गरी दाङ पठाइएको छ। दुई जना हराइरहेको जनाइएको छ। गाडी करिब ५ सय मिटर तल खसेको छ। गाडीमा हतियार र बम भएकोले उद्दारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि काठडामाडौ ल्याउनका लागि सेनाको हेलिकोप्टर पठाइएको छ ।
प्रतिक्रिया