पेरिस ओलम्पिक खेल सम्पन्न : कुन राष्ट्रले कति पद हात पारे?

पेरिस ओलम्पिक खेल सम्पन्न : कुन राष्ट्रले कति पद हात पारे?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । ३३ औँ ओलम्पिक खेल भव्यताका साथ सम्पन्न भएको छ। अभिनेता टम क्रूज फ्रान्सको छानोबाट ओलम्पिक झन्डा संकलन गर्न झरे । जुन झण्डा अमेरिकी सहर लस एन्जलसलाई हस्तान्तरण गरियो। जहाँ सन् २०२८ मा अर्को ओलम्पिक हुनेछ।

यस ओलम्पिकमा ४० स्वर्ण, ४४ कास्य र ४२ रजतसहित अमेरिका १२६ पदक जितेर पहिलो स्थानमा रह्यो भने चीनले ४० स्वर्ण, २७ कास्य र २४ रजतसहित ९१ पदक जितेर दोस्रो स्थान हात पार्‍यो ।यस ओलम्पिकमा बेलायतले १४ स्वर्ण, २२ कास्य र २९ रजतसहित ६५ पदक जितेर तेस्रो स्थानमा रह्यो भने आयोजक फ्रान्सले १६ स्वर्ण, २६ कास्य र २२ रजतसहित ६४ पदक जितेर चौथो स्थान प्राप्त गर्‍यो।

यस भव्य समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस वाचले ओलम्पिक खेलका बारेमा आफ्नो धारणा राखेका थिए।

यही वर्षको अगस्ट २८ देखि सेप्टेम्बरसम्म फ्रान्सको राधानी पेरिसमा प्यारा ओलम्पिक खेल हुनेछ।

Recent Comments

No comments to show.