ओटीसी मार्केटमा नेपाल बैंकसहित १ सय २३ कम्पनी सूचीकृत , के हो ओटिसी बजार ?

ओटीसी मार्केटमा नेपाल बैंकसहित १ सय २३ कम्पनी सूचीकृत , के हो ओटिसी बजार ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ओभर द काउन्टर (ओटीसी) बजारमा कारोबार हुने कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।

नेप्सेले मंगलबार एनआइडिसीलाई सूचीकरणबाट हटाएसँगै ओटीसी मार्केटमा सूचीकृत गरेको हो।

राष्ट्रिय वाणिज्य बैंकले एनआइडिसीलाई गाभेसँगै एनआइडिसीका सर्वसाधारण सेयरधनीको सेयर बन्धक भएको थियो। अब सेयरधनीले ओटीसी मार्फत् कारोबार गर्न पाउने भएका छन्।

उक्त बजारमा नेप्सेबाट सूचीकरण खारेज भएका र सूचीकरण हुन नसकेका कम्पनीको सेयर कारोबार गराइन्छ । दोश्रो बजारको बैंकल्पिक मानिने यो बजार नेप्सेबाट नै सञ्चालित हुने छ ।

ओटीसी मार्केटमा कारोबारका लागि दर्ता भएकामा सरकारी स्वामित्वको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक लगायत विभिन्न सरकारी तथा निजी क्षेत्रका कम्पनीहरु रहेका छन् ।

जसमा शैक्षिक संस्था, उत्पादनमूलक कम्पनी, हाइड्रोपावर, रेमिटेन्स सेवा प्रदायक, फाइनान्स कम्पनी, क्यापिट मार्केट लगायत क्षेत्रका कम्पनीहरु समेटिएका छन् ।

यसरी सूचीकृत भएका कम्पनीका सेयरधनीले सेयर खरिद बिक्री गर्नु परेमा उनीहरु आफैंले खरिदकर्ता खोजेर आपसी सहमतिमा खरिद बिक्री गर्न पाउँछन्। तर, कारोबारका लागि पनि नेप्सेले तय गरेका निश्चित मापदण्डभन्दा बाहिर जान पाइँदैन।

यस्तै, आइपीओ जारी गर्न बाँकी रहेका वा विविध कारणले सूचीकरण हुन ढिलाई भएका कम्पनीहरुले पनि ओटीसीमार्फत सेयर कारोबार गरेर स्वामित्व परिवर्तन गर्न सक्ने व्यवस्था रहेको छ ।

के हो ओटिसी बजार ?

शेयर बजार कारोबारमा ब्रोकरहरुको जस्तो मूल्य प्रणालीको संलग्नताबिना सिधा नेपाल स्टक एक्सचेञ्ज मार्फत कुनै कम्पनीको शेयर किनबेच गर्न अपनाइएको प्रणालीलाई ओभर द काण्टर अर्थात ओटिसी बजार भनिन्छ ।

सामान्यतया नेप्सेमा सूचीकरण हुन नसकेको, सूचीकरणबाट हटाइएका, तथा सूचीकरणका लागि आवश्यक शर्त पुरा गर्न नसकेका कम्पनीहरुको धितोपत्रहरुमा तरलता कायम गरि सर्वसाधारण लगानीकर्ताको हित संरक्षण गर्ने हेतुले ओटिसी मार्फत शेयर कारोबार गर्ने गरिन्छ ।

सर्वसाधारणमा शेयर जारी नगरेका कम्पनीहरुले यो प्रणालीमा आएर शेयर स्वामित्व परिवर्तन गर्न सक्छन् । ओटिसी मार्फत कारोबार गर्ने कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नु पर्ने बाध्यता हुँदैन ।

Recent Comments

No comments to show.