ब्राजिललाई हराउँदै अमेरिकाले पाँचौं पटक जित्यो स्वर्ण

ब्राजिललाई हराउँदै अमेरिकाले पाँचौं पटक जित्यो स्वर्ण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  म्यालोरी स्वानसनको विजयी गोलको मद्दतमा अमेरिकाले ओलम्पिक महिला फुटबलको फाइनलमा ब्राजिललाई १–० गोलअन्तरले पराजित गर्दै कीर्तिमानी पाँचौं पटक स्वर्ण पदक जितेको छ। 

पार्क डेस प्रिन्सेसमा भएको खेलमा ब्राजिल र अमेरिकारको खेल निकै प्रतिस्पर्धात्मक थियो।  स्वानसनले आफ्नो १०० औं क्यापमा गोलकिपर लोरेनालाई छक्याउँदै गोल गर्दै अमेरिकालाई अग्रता दिलाएकी थिइन्। उनले दोस्रो हाफको १२औं मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाएकी थिइन्। 

सन् १९९६, २००४, २००८ र २०१२ स्वर्ण जितेको अमेरिकाले १२ वर्षपछि फुटबलमा स्वर्ण जित्यो। महिला फुटबलकोे कास्य पदक भने जर्मनीले जित्यो। 

पेरिस ओलम्पिकको पुरुष फुटबलमा स्पेनले फ्रान्सलाई हराउँदै स्वर्ण पदक जितेको छ।

Recent Comments

No comments to show.